कुश्मा नगरपालिका–३ दुर्लुङमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया शीतल विकको उपचारका क्रममा मृत्यु भएको छ।
पर्वत– कुश्मा नगरपालिका–३ दुर्लुङ गौडामुनिमा गएराति भएको जिप दुर्घटनामा बालिकाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको जिप दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया शीतल विकको उपचारका क्रममा मृत्यु भएको छ।
उनको टाउको र आँखामा गम्भीर चोट लागेको थियो। सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ।
प्रहरीका अनुसार उनीहरू दुवैको अवस्था सामान्य छ। दुर्घटनामा परी दुर्लुङकै तीन वर्षीय सौरभ विक, २३ वर्षीया शान्ति विक, ७० वर्षीय कृष्णप्रसाद पाध्या, १६ वर्षीय निशान परियार, ५५ वर्षीया हीरादेवी मगर, ३५ वर्षीय मीनबहादुर क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, पोखरा बस्ने १६ वर्षीय अमर विक घाइते भएका छन्।
उकालो बाटोमा चढ्दै गरेको जिप अनियन्त्रित भई सडकबाट करिब ३०–३५ मिटर तल खसेको थियो। जिप चालकलाई नियन्त्रणमा दिइएको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
