सन् २०१९ को चुनावी अभियानका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको थर संकेत गर्दै अपमान गरेको भन्दै गान्धीलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो।
भारतका शीर्ष विपक्षी नेता राहुल गान्धीले मानहानिको अभियोगमा दोषी ठहर गरेको भन्दै देशको सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्।
सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको थर संकेत गर्दै अपमान गरेको भन्दै गान्धीलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो। मोदी सरकारले आलोचकलाई चुप गराउन मानहानि कानूनको प्रयोग गरेको आरोप लाग्दै आएको छ।
भारतीय सञ्चारमाध्यम अनुसार गुजरात उच्च अदालतले दोषी ठहर गर्न अस्वीकार गरेको एक सातापछि गान्धीले सर्वोच्च अदालतमा आफ्नो सजाय रोक्न अपिल गरेका हुन्।
यस विषयमा गान्धीको पार्टी भारतीय कांग्रेसका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। तर, केही दिनअघि पार्टी प्रवक्ता अभिषेक मनु सिंघवीले भनेका थिए, “हामीलाई कुनै शंका छैन कि वर्तमान सरकार र सत्ताधारी दलले देखाएको अहंकार र अचुकताको यो प्रतिच्छेदनलाई सर्वोच्च अदालतमा उचित तरिकाले सम्बोधन गरिनेछ।”
हालैका वर्षमा गान्धीविरुद्ध दर्ता भएका थुप्रै मुद्दामध्ये उक्त मुद्दा एक हो र अहिलेसम्म प्रधानमन्त्री मोदीको गृहराज्य गुजरातको अदालतमा मात्र सुनुवाइ भएको छ।
सन् २०१९ को चुनावी अभियानका क्रममा गान्धीले ‘सबै गलत व्यक्तिको एउटै उपनाम किन हुन्छ’ भनेर कुनै अमुक व्यक्तिको कुख्यातिलाई मोदी थर भएका व्यक्तिसँग जोडेका थिए।
यो टिप्पणी भारतको परम्परागत जातीय पदानुक्रमको तल्लो तहसँग जोडिएको मोदी उपनाम भएका सबै भारतीयविरुद्ध भएको दाबी गर्दै गान्धीविरुद्ध मुद्दा दायर भएको थियो। गुजरातस्थित भारतीय अदालतले यसमा नेता गान्धीलाई दोषी ठहर गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
