अमेरिकी फोटोग्राफर कीतिया पावलोभ्स्कीले सार्वजनिक गरेका हिउँ चितुवाका तस्वीर प्रकृतिप्रेमी, पशुप्रेमी र साहसिक यात्रा मन पराउने धेरैले सेयर गरिरहेका छन्।
काठमाडौँ– संरक्षणका क्षेत्रमा काम गर्दै आएकी अमेरिकी फोटोग्राफर कीतिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा खिचेको हिउँ चितुवाको तस्वीर 'भाइरल' बनेको छ।
कीतियाले असोज २२ गते पाँच हजार ४८६ मिटर उचाइमा हिउँ चितुवाका तस्वीर खिचेकी थिइन्। कीतियाले ती तस्वीरहरू आफ्नो फेसबुक पेज र वेबसाइटमार्फत सार्वजनिक गरेकी हुन्।
“म पृथ्वीका प्रतिबन्धित क्षेत्र, मुटु काप्ने चिसो र उचाई, हिमाल र विशाल मरुभूमिको धेरै यात्रा गरिसकेकी छु। तर, हिउँ चितुवा खोजीका लागि गरेको यात्रा सबैभन्दा कठिन थियो”, तस्वीर सार्वजनिक गर्दै उनले भनेकी छन्, “तर, मैले उक्त यात्रामा खिचेका तस्वीरहरूले सबैभन्दा बढी आत्मसन्तुष्टि दिएको छ।”
कीतियाले हिउँ चितुवाको खोजीमा अन्नपूर्ण संरक्षण क्षेत्र आसपासबाट यात्रा शुरू गरेको बताएकी छन्। जोमसोम, कालीगण्डकी नदी, तल्लो मुस्ताङदेखि खुम्बुसम्म यात्रा गरेको उल्लेख गरेकी छन्। योबीचमा हिउँ चितुवाबारे सुनेदेखेका थुप्रै स्थानीयलाई उनले भेटिन्। हिउँ चितुवाको बासस्थानबारे स्थानीयले संकेत गरेपछि उनको आत्मविश्वास बढ्यो।
उनले लुक्कादेखि सगरमाथा राष्ट्रिय निकुञ्जको माथिल्लो क्षेत्रसम्म पैदल गरेकी थिइन्। बाधा छिचोल्दै उनले अन्ततः ५ हजार १६४ मिटर उचाइको गोरख शेप क्षेत्रमा हिउँ चितुवा फेला पारिन्। र, कलात्मक तस्वीरहरू खिचिन्।
“विश्वमा विरलै देखिने हिउँ चितुवाको खोजीमा मैले अग्लो स्थानमा १०३ माइलको पैदल यात्रा गरेँ”, उनले भनेकी छन्। कीतियाले सार्वजनिक गरेका हिउँ चितुवाका ती तस्वीर प्रकृतिप्रेमी, पशुप्रेमी र साहसिक यात्रा मन पराउने धेरैले सेयर गरिरहेका छन्। हिउँ चितुवाको तस्वीर खिच्नका लागि गरेको कष्टकर यात्रा र अनुभूतिलाई उनले आफ्नो ब्लगमार्फत साझा गरेकी हुन्।
ब्लगमा उनले हिउँ चितुवा बिहान र साँझको समयमा बढी सक्रिय हुने जानकारी दिएकी छन्। आफूले हिउँ चितुवा भेट्न बिहान ४ बजे ११ किलो वजनको क्यामेरा लिएर गोरख शेपतिर लागेको भनेकी छिन्। हिउँले जमेका तालकुण्ड र हिमाल हीराजस्तै टल्किएको भन्दै हिमाली क्षेत्रको प्रशंसासमेत गरेकी छिन्। उनले खिचेका तस्वीरलाई काठमाडौंस्थित अमेरिकी दूतावासले पनि आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ।





तस्वीरहरू : कीतियाको ब्लग र काठमाडौंस्थित अमेरिकी दूतावासको फेसबुक पेजबाट।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
