यसपटक च्याम्पियन्स लिगको फाइनल खेल टर्कीमा हुने छ। इस्तानबुलमा हुने फाइनल खेल १० जुन २०२३ मा खेलिनेछ।
यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत राउन्ड अफ १६ को ‘ड्र’ सार्वजनिक भएको छ। स्विटजरल्यान्डको न्योनस्थित युरोपेली फुटबलको मुख्यालयमा सोमबार ‘ड्र’ सार्वजनिक गरिएको हो।
सार्वजनिक ‘ड्र’ अनुसार साविक विजेता तथा स्पेनिस क्लब रियल मड्रिडले राउन्ड अफ १६ मा इङ्ग्लिस क्लब लिभरपुललाई प्रतिद्वन्द्वी पाएको छ। गत सिजन च्याम्पियन्स लिगको फाइनलमा यी दुई टोली भिडेका थिए।
यता, उपाधि दाबेदारद्वय जर्मन क्लब बायर्न म्युनिख र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पनि राउन्ड अफ १६ मै आमनेसामने हुने भएका छन्।
अर्को इङ्लिस क्बल म्यानचेस्टर सिटीले जर्मनीको आरबी लाइप्जिगसँग खेल्ने छ। इङ्लिस क्बल चेल्सीले जर्मनीको बोरुसिया डर्टमुन्डको सामना गर्दैछ। फवर्चुगिज क्लब बेन्फिकाले क्लब ब्रुजासँग खेल्नेछ।
इङ्लिस क्बल टोटेनहमले इटालीको एसी मिलान तथा इन्टर मिलानले एफसी पोर्टोको सामना गर्नेछ। नेपोली र आइन्ट्राक्ट फ्रान्कफर्ट आमनेसामने हुनेछन्।
राउन्ड अफ १६ का खेलहरू फेब्रुअरी तेस्रो साताबाट शुरू हुनेछ। पहिलो लेग फेब्रुअरी १४, १५, २१ र २२ मा हुनेछ। दोस्रो लेग मार्च ७, ८, १४ र १५ मा खेलिनेछ। च्याम्पियन्स लिगमा अवे गोलको नियम हटेकाले दोस्रो लेग समाप्तीमा स्कोर बराबरी हुँदा अतिरिक्त समय र पेनाल्टीमा खेल पुग्नेछ।
यसपटक च्याम्पियन्स लिगको फाइनल खेल टर्कीमा हुने छ। इस्तानबुलमा हुने फाइनल खेल १० जुन २०२३ मा खेलिनेछ।
राउन्ड अफ १६ :
म्यानचेस्टर सिटीविरुद्ध आरबी लाइप्जिग
बेन्फिकाविरुद्ध क्लब ब्रुजा
रियल मड्रिडविरुद्ध लिभरपुल
टोटेनहमविरुद्ध एसी मिलान
नेपोलीविरुद्ध आइनट्राक्ट फ्रान्कफर्ट
चेल्सीविरुद्ध बोरुसिया डर्टमुन्ड
एफसी पोर्टोविरुद्ध इन्टर मिलान
बायर्न म्युनिखविरुद्ध पेरिस सेन्ट जर्मेन
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
