सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम तय भएको छ।
काठमाडौँ– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन्। दक्षिण तथा मध्यएशिया मामिला हेर्ने हेर्ने लु शुक्रबार काठमाडौँ आइपुगेका हुन्।
नेपाल भ्रमणका क्रममा लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्नेछन्। त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली तथा दूतावासका कर्मचारीलाई पनि भेट्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
यसका साथै सहायक विदेशमन्त्री लुले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने र नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा उक्त संस्थाले गरेका प्रयासका बारेमा जानकारी लिनेछन्।
यसअघि लु एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउने क्रममा २०७८ मंसिरमा नेपाल आएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
