रुसी भाडाको सेनाको नेतृत्व गरेका प्रोगोजिनलाई बिषाक्त पदार्थ सेवन गराएर हत्या गर्ने प्रयास हुनसक्ने भएकाले यसप्रति सजग रहनसमेत बाइडेनले आग्रह गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध हारेको दाबी गरेका छन्।
रुससँग स्रोतको अभाव रहेको साथै आर्थिक संकटमा परेको बाइडेनको दाबी छ। नर्डिक नेताहरूसँगको वार्तापछि हेलसिन्कीमा आयोजित पत्रकार सम्मेलनमा बाइडेनले भने, “पुटिनले युद्ध हारेका छन्। उनले युक्रेनको युद्ध जित्ने कुनै सम्भावना छैन।”
युक्रेनी जवाफी हमलाले रूसलाई युद्ध अन्त्य गर्न वार्ताका लागि दबाब दिनसक्ने बाइडेनको भनाइ छ। “युक्रेनले आफ्नो आक्रमणमा महत्त्वपूर्ण प्रगति गरेको छ र यसले वार्ताको माध्यमबाट समाधान निकाल्नेछ भन्ने मेरो आशा र विश्वास छ,” उनले भने।
यस्तै, बाइडेनले रुसी भाडाको सेनाको नेतृत्व गरेका प्रोगोजिनलाई बिषाक्त पदार्थ सेवन गराएर हत्या गर्ने प्रयास हुनसक्ने भएकाले यसप्रति सजग रहनसमेत आग्रह गरेका छन्।
युक्रेनमा रुसले आणविक हतियार प्रयोग गर्नसक्ने सम्भावना रहेको पनि दाबी उनको दाबी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
