कागजातहरू शंकास्पद देखिएकाे भन्दै असार २५ गतेयता कुवेत लगायतका देश जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ।
काठमाडौँ– कागजातहरू शंकास्पद देखिएकाे भन्दै कुवेत लगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शंका लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र बिहीबार १८ जना गरी १५६ जनालाई फर्काइएको हो।
उक्त कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत झंकनाथ ढकालले उनीहरूको भिसा परीक्षण गर्दा कतिपयको ‘वेटिङ फर एप्रुभ’ भनेको भेटिएको, कतिपयको व्यक्तिगत श्रम स्वीकृतिमा जान लागेको देखिएको तर राजदूतावासबाट श्रम स्वीकृतिको बोधार्थ प्राप्त नभएको तथा एउटा देशमा जाने भनेर कागजात पेस गरिएको तर उसको भिसा अर्कै देशको रहेको पाइएको लगायतका समस्याहरू देखिएको बताए।
“यी कागजातहरू सही हुन पनि सक्छन् र गलत हुन पनि सक्छन्, तर कागजात शंकास्पद देखिएकाले रोकिएका छन्, यस विषयमा वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर मात्रै के रहेछ निर्क्याैल हुनेछ,” उनले भने।
त्यसअघि जोर्डन जान लागेका १५ जनालाई पनि यसैगरी फिर्ता गराइएको थियो। उनीहरूको विषयमा पनि निर्णय भइसकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
