आर्मीसँग पराजित एपीएफले यस प्रतियोगितामा पहिलो हार बेहोरेको हो। अर्को खेलमा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरेको छ।
काठमाडौँ- विभागीय टोली त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल स्पोर्टस क्लबले सातौँ प्रधानमन्त्री कप राष्ट्रिय भलिबल लिगमा पुरुषतर्फ लगातार चौँथो जित हासिल गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बुधबार सम्पन्न खेलमा आर्मीले अर्को विभागीय टोली एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो। खेलको पहिलो सेट १८–२५ ले गुमाएको आर्मीले दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको थियो।
त्यस्तै, तेस्रो २४–२६ ले गुमाए पनि चौँथो सेट २८–२६ ले जित्दै आर्मीले खेललाई पाँचौँ सेटसम्म लग्यो। पाँचौँ तथा निर्णायक सेट १७–१५ ले जित्दै आर्मीले आफ्नो विजयी यात्रा कायम राख्यो। एपीएफको यो पहिलो हार हो।
बुधबार नै सम्पन्न अन्य खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। राखेप कभर्ड हलमा सम्पन्न खेलमा हेल्प नेपालले पुलिसलाई ३–२ को सेटमा पराजित गरेको हो।
पहिलो सेट २५–२० ले जितेको हेल्प नेपालले दोस्रो सेट २०–२५ ले गुमाएको थियो। तेस्रो सेट ३०–२८ ले जितेको हेल्प नेपाल चौँथो सेटमा १८–२५ ले पराजित भयो। पाँचौँ तथा निर्णायक सेट २४–२२ ले जित्दै हेल्प नेपालले जितलाई निरन्तरता दियो।
बिहीबार आर्मीले पुलिस र एपीएफले हेल्प नेपालको सामना गर्नेछन्। राखेप कभर्डहलमा भएको अर्को खेलमा शैलुङले बागढुंगा स्पोर्ट्स क्लबले दावाली मिलन क्लबमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको छ।
शैलुङले पहिलो सेट २५–१९ ले जित्दा दोस्रो र तेस्रो सेट १४–२५ र २२–२५ ले गुमाएको थियो। बाँकी दुई सेटमा पुनरागमन गर्दै शैलुङ २५–२१ र १५–१३ ले विजयी भयो।
जितसँगै शैलुङले दुई अंक जोडेको छ। पराजित दावाली जितविहीन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
