सीता दाहालको आईसीयूमा उपचार हुँदै

सीता दाहाललाई गत शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई आईसीयूमा राखेर उपचार भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ। 

शरीरमा अक्सिजन मात्रा घटेपछि उनलाई गत शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको दाहालका प्रेस संयोजक सूर्य किरण शर्माले उकालोलाई जानकारी दिए।

सीतालाई ‘पार्किन्सन’ जस्तै देखिने ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी’ नामक दीर्घरोग छ। सोही कारण सीताको शरीरमा अक्सिजनको मात्रा घटबढ हुने, शरीर काप्नेजस्ता समस्या देखिने उनको भनाइ छ।

सीतालाई आइसीयूमा राखेर उपचार भइरहेको उनले बताए। सीताको स्वास्थ्य अवस्था स्थिर रहेको पनि उनको भनाइ छ। सीताको उपचार डा. बाबुराम पोखरेलको निगरानीमा भइरहेको छ।