मृतकका आमा र बुबाले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कारबाहीको माग गर्दै किटानी जाहेरी दिएका छन्।
झापा– सेप्टिक ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका–१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षीय तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी दीपक भारतीका अनुसार पक्राउ पर्नेमा मेचीनगर–११ का ४५ वर्षीय मनोज गुरुङ र ३५ वर्षीया रमा सुनार तथा मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेल छन्।
मन्टेश्वरी सञ्चालक काठमाडौँ–३१ का ४२ वर्षीय सुरेन रसाइली भने फरार छन्। मृतक बालकका बुबा खर्कबहादुर र आमा मेरिना लिम्बूले किटानी जाहेरी दिएका थिए। पक्राउ परेका मनोज गुरुङ विद्यालयका प्रिन्सिपल हुन्।
सेप्टिक ट्यांकीमा डुबेका बालकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको थियो। मृतकका आमा र बुबाले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कारबाहीको माग गर्दै किटानी जाहेरी दिएका थिए।
गुरुङ र रसाइली विद्यालयका साझेदार हुन्, भने पोखरेलले संयोजक र सुनार कर्मचारीका रूपमा काम गर्दै आएका थिए। बालकको शव हाल बीएन्डसी अस्पतालमै राखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
