गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि अर्मलाकोट गाउँको आकर्षक भनेको ढुंगेघर नै हो। घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ।
अन्नपूर्ण– माथि हिमाल। तल पोखरा उपत्यका। थुम्कोमा छ, अर्मलाकोट गाउँ। ढुंगाले बान्की मिलाएर छाएका घर। ढुंगाकै गारो र ढुंगाकै बाटोले गाउँको पहिचान दिलाउँछ। शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुंग हुन्छ। पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।
पोखरा शहरबाट १२ किलोमिटर टाढा रहेको अर्मलाकोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको छ। दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको संख्या बढिरहेको छ। परम्परागत रूपमा बनेका घर, यहाँ बस्ने गुरुङ र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ। २०७५ सालमा होमस्टे सञ्चालनमा आएपछि गाउँमा छुट्टै रौनक भेटिन्छ।
गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि अर्मलाकोट गाउँको आकर्षक भनेको ढुंगेघर नै हो। घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ।
यहाँ पुग्ने पर्यटक गाउँको ढुंगेघरले मन लोभ्याएको बताउँछन्। शनिबार स्यांजाका अर्मलाकोट घुम्न पुगेका किसन गुरुङले यहाँको घर देख्दा मन फुरुंग भएको बताए। “हाम्रोतिर भन्दा यहाँका घर निकै राम्रा लागे। पोखराबाट नजिकै यति राम्रो गाउँ देख्दा मनै रमायो,” उनले भने, “यहाँका स्थानीयको जनजीवन, रहनसहन र स्वागत सत्कारले यहीँ बसिरहन मन लाग्यो।”
पछिल्लो समय अर्मलाकोटमा घुम्न आउने पर्यटकको संख्या वृद्धि हुँदै गएको अर्मलाकोट होमस्टेकी अध्यक्ष बबिता गुरुङले बताइन्। उनका अनुसार वर्षाको समय भए पनि पर्यटक गाउँ उक्लनेको सङ्ख्यामा कमी आएको छैन। बिदाका दिन अझ बढी पर्यटकको भिडभाड हुने अध्यक्ष गुरुङको भनाइ छ। “अहिले गाउँमा बर्खाको चटारो छ । पाहुनाहरू आउनुहुन्छ अनि काम सकेर उहाँहरूको स्वागतमा आउँछौँ”, उनले भनिन्, “पानी परे पनि रुझेरै आउनुहुन्छ। अहिले पनि पाहुनाको कमी भएको छैन।”
पोखराबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेको होमस्टेकी सचिव झलश्री गुरुङले बताइन्। यसलाई गुरूङ भाषामा ‘ङ्होला नासा’ पनि भनिन्छ। महेन्द्रगुफाबाट करिब दुई घन्टाको पैदलयात्राबाट अर्मलाकोट पुग्न सकिन्छ। गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यको अवलोकनका साथै हिउँ पर्ने समयमा हिउँसमेत खेल्न सकिन्छ।
हामस्टेमा कोदोको ढिँडो, लोकल कुखुराको मासु, गुन्द्रुक, भट्टको अचार, सिस्नोका दाल, वर्षाको समयमा निउरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिन्छ। साँझ सांस्कृतिक कार्यक्रम हुने गरेको छ। एकजना पाउनाबापत एक हजार १०० को दररेट निर्धारण गरिएको होमस्टेका सचिव गुरुङले जानकारी दिइन्।
उनका अनुसार यो प्याकेजमा बिहान–बेलुकी खाना र खाजा, बास बस्नसँगै सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ। यहाँको कोसेलीका रूपमा मुलाको चना, गुन्द्रुक तथा सिजनअनुसार सिस्नो, निउरो, टुसा तथा भांग्रा लैजान सकिन्छ।
गाउँसम्म पुग्ने बाटो कच्ची भएकाले पर्यटकलाई वर्खामा समस्या हुने गरेको अध्यक्ष गुरुङले सुनाइन्। “होमस्टे सञ्चालनपछि पाहुना आउने कम भएको छैन। हामीले पनि सकेको गरिरहेका छौँ,” उनले भनिन्, “बर्खाको समयमा आफ्नै साधन लिएर आउने पाहुनाले साह्रै दुःख पाउनुहुन्छ। यहाँ आउने बाटो कालोपत्रे गर्न आवश्यक छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
