मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौँ ल्याइएको छ।
काठमाडौँ– सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका सबैको शव काठमाडौँ ल्याइएको छ।
मंगलबार बिहान मनाङ एयरको कल साइन ९एन–एमभी (एएस–५०) हेलिकोप्टर दुर्घटनामा चालक दलका एक सदस्यसहित त्यसमा सवार पाँच जनाको मृत्यु भएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक एवं उद्धार समन्वय समितिका संयोजक प्रतापबाबु तिवारीले हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका ६ जनाको शव काठमाडौँ ल्याइएको बताए। उनका अनुसार शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
सोलुखुम्बुको सुर्केबाट मंगलबार बिहान काठमाडौँका लागि उडान भरेको हेलिकप्टर सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ लाम्जुरापासनजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

दुर्घटनामा हेलिकप्टरका पाइलट क्याप्टेन चेतबहादुर गुरुङसहित ६ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा अन्य पाँच जना म्याक्सिकोका नागरिक रहेका थिए। उनीहरू सबैको दुर्घटना स्थलमै मृत्यु भएको थियो।
मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन्। उनीहरू एकै परिवारका रहेको बताइएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
