कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने चर्चा भइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रस्ट्याएका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन्। कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रस्ट्याएका हुन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको सातौँ बैठकमा बोल्दै उनले भने, “हामीले भनेका छौँ– हामीलाई सरकारमा जान हतारो नभएको मात्रै होइन, अहिले हामी सरकारतिर हेरेका पनि छैनौँ। त्यतातिर सोचेका पनि छैनौँ। हामी ग्रासरुटमा लाग्यौँ। अब मिसन २०८४, मिसन ५१ पर्सेन्ट। यतापट्टि हामी लागेका छौँ।”
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी सरकार बनाउने, जोखाउने कुनै पनि गन्तव्य नभएको खेलमा सहभागी नहुने दाबीसमेत गरे। पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिसनमा लागेको दोहोर्याउँदै ओलीले सरकार र सत्तारुढ दलहरूले झूट बोल्नेबाहेक केही काम गर्न नसकेको आरोप लगाए।
एमाले अध्यक्ष ओलीले संविधान र कानूनबमोजिम रद्द भइसकेको मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झूट कुरा गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे। उनले विधेयक समयमा संसद्मा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुने गरी माइतीघर मण्डलमा अभिव्यक्ति दिएको समेत बताए।
“वैशाख २४ गतेदेखि असार ५ गतेसम्म अन्तिम घडीपलासमेत समाप्त हुने बेलामा त्यो (अध्यादेश) ल्याएर, त्यसलाई फुकाएर जाऊभन्दा नफुकाएर, अनि कुँदेर माइतीघर मण्डलामा गएर यस देशमा छ नि नारायणकाजी भन्ने महान्, बहादुर जन्मेको छ, त्यसले तपाईंहरूलाई इन्साफ दिन्छ भनेर पाइफुर्थी लगाउने त्यहाँ? सरकारमा त हामी थिएनौँ। वैशाख ५ गतेदेखि असार ५ गतेसम्म के हेरेको?” उनले भने।
ओलीले इमान र निष्ठाका साथ देश र जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
