नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पार्टी सभापतिको कामकारबाही चित्त बुझ्दो नभएको बताएका हुन्।
उनले पार्टी सभापतिले पार्टीका कामकारबाही चित्त बुझ्दो नभएको भन्दै आइरहेका टिप्पणी केही सही भएको बताए। कांग्रेस सभापति देउवाको कार्यशैलीलाई लिएर पार्टी महामन्त्री गगन थापाले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्ने गरेका छन्। शनिबार भएको एक कार्यक्रममा उनले आफू अब पार्टी संसदीय दलको नेता फेर्न लाग्ने बताएका थिए। अहिले कांग्रेस संसदीय दलको नेता सभापति देउवा छन्।
महामन्त्री थापाले व्यक्त गरेको टिप्पणी केही हदसम्म साँचो भएको डा. कोइरालाको भनाइ छ। उनले अधिवेशनबाट नै सभापति चुनिएकाले कार्यकाल पूरा नहुन्ज्यालसम्म कुर्नुको विकल्प नरहेको पनि सुनाए।
“हाम्रो अधिवेशनबाट शेरबहादुरजीलाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ? विरोध मैले नै गर्न थालेँ भने के हुन्छ, उहाँले आफ्नो कार्यकाल धेरै राम्रो गर्नुभएन भनेर जुन टीकाटिप्पणी आइरहेका छन्, गगन थापा लगायतका व्यक्तिले बोल्नुभएको छ, त्यो केही हदसम्म सत्य हो,” उनले भने।
फरक प्रसंगमा नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बहुमत भएकाले अपदस्थ नहुने बताए। प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर प्रतिपक्षले प्रश्न उठाउँदै राजीनामा मागेपछि उनले सोमबार सदनमा स्पष्टीकरण दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
