एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालले गहिराइमा गएर जवाफ दिन नसके पनि संसद्को अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएको बताए।
काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा गरेको सम्बोधनलाई सकारात्मक रूपमा लिएको बताएका छन्। सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले गल्ती स्वीकार गरिसकेकाले उनले संसद्मा गरेको सम्बोधनलाई एमालेले स्वीकारेको बताएका हुन्।
उनले प्रधानमन्त्री दाहालले सारमा आफूले त्रुटि गरेको बताइसकेको, भविष्यमा त्यस्तो कमजोरी नदोहोर्याउने प्रतिबद्धता गरेकाले एमालेले त्यसलाई स्वीकार गरेर अघि बढ्ने बताए। “सारमा उहाँले मैले बोल्ने कुरामा त्रुटि गरेँ, मेरो भावना त्यस्तो थिएन भन्नुभयो, भविष्यमा यस्ता कमजोरी नदोहोर्याउने भन्नुभएको छ। यसलाई हामी स्वीकार गर्छौं,” उनले भने।
प्रमुख सचेतक गिरीले प्रधानमन्त्री दाहालले गहिराइमा गएर जवाफ दिन नसके पनि संसद्को अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएको बताए। “उहाँको अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएका छौँ,” उनले भने।
प्रधानमन्त्री दाहालले केही दिनअघि पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्ष दलहरूले प्रश्न उठाएपछि सोमबार सदनबाट स्पष्टीकरण दिएका थियो। सो क्रममा उनले आफूले प्रधानमन्त्रीको हैसियतमा बोल्न नहुने धारणा व्यक्त गरेको भन्दै गल्ती स्वीकार गरेका थिए। उनले आफूले आगामी दिनमा त्यस्ता गल्ती नगर्ने प्रतिबद्धतासमेत जनाएका थिए।
प्रधानमन्त्री दाहालको ‘प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली धाएको’ भन्ने अभिव्यक्तिलाई लिएर उनको राजीनामा माग्दै प्रतिपक्षी दलहरूले सदन अवरुद्ध पारेका थिए। यही विषयलाई लिए सोमबार दिउँसो शीर्ष तीन नेताबीच भएको छलफलमा प्रधानमन्त्री दाहालले सदनबाट आफ्ना भनाइ राख्ने सहमति भएपछि अवरुद्ध सदन खुलेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
