राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
सोमबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै राप्रपा सांसद लिङ्देनले भने, “नैतिकता भन्ने चिज जीवित छ भने उहाँले राजीनामा दिनुपर्छ। यो दबाबले दिने/मागिने कुरा होइन।” उनले अघिल्लो संसद्मा तत्कालीन कानूनमन्त्री शेरबहादुर तामाङले बोली चिप्लिँदा नैतिकताका आधारमा राजीनामा दिएको समेत स्मरण गराए।
उनले प्रधानमन्त्री दाहालको अभिव्यक्ति राष्ट्रको सार्वभौमसत्तासँग सम्बन्धित विषयका लागि सामान्य नभएको बताए। उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिबारे टिप्पणी गर्दा सत्तापक्ष, प्रधानमन्त्री स्वयं र प्रधानमन्त्रीको सचिवालयबाट प्रतिपक्षलाई गम्भीर आक्षेप लगाउने ढंगले अभिव्यक्ति आएको भन्दै आपत्ति जनाए।
“प्रधानमन्त्रीको अभिव्यक्तिको प्रतिवाद गर्यौँ, त्यसलाई कहाँ जोडियो– मिटरब्याजविरुद्ध आउन लागेको विधेयक रोकेको, अहिले भ्रष्टाचारविरुद्ध जुन कारबाही भइरहेको छ, त्यसको विपक्षमा छौँ भन्ने अर्थ लगाउने खोजियो। यो गम्भीर र आपत्तिजनक विषय हो,” उनले भने।
उनले अन्तिममा मात्रै मिटरब्याजसम्बन्धी अध्यादेश संसद्मा ल्याउनुपर्ने कारण के थियो भन्दे प्रश्नसमेत गरेका थिए। त्यस्तै उनले तीन दलका कारण संसद् अवरुद्ध भएको भन्दै सरकार र सदनको ध्यानाकर्षणसमेत गराएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
