प्रधानमन्त्री दाहालले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्नेगरी नयाँ संसद् भवन निर्माण कार्य अघि बढाउन निर्देशन दिएका छन्। सोमबार निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै प्रधानमन्त्री दाहालले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन्।
उनले संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै गर्न सकियोस् भन्ने सरकारको लक्ष्य रहेको भन्दै सोहीअनुरूप कामको गति बढाउनुपर्ने बताए। “अहिले समन्वयको आधारमा काम भइराखेको र यसलाई तीव्र गतिमा सम्पन्न गरेर सकेसम्म संसद्को हिउँदे अधिवेशन यहीँ गर्न सकियोस्। मिसन भने पनि टार्गेट भने पनि त्यही छ,” उनले भने।
उनले संसद् भवन आधुनिक र सुविधा सम्पन्न बन्नु देशको गौरवको विषय भएको बताए। भवन निर्माणमा कुनै पनि गलत कुरामा सम्झौता नगर्न पनि उनले आग्रह गरे। भवन निर्माणका क्रममा आइपर्ने समस्याको समाधान गर्न सरकारको सहयोग हुने उनको भनाइ थियो।
त्यसैगरी, शहरी विकास मन्त्री सीता गुरुङलेले भवन निर्माणको कामलाई चाँडै सम्पन्न गर्नका लागि श्रमिकहरूको संख्या बढाउन निर्माण व्यवसायीहरूलाई आग्रह गरिन्। उनले श्रमिकको संख्या बढाउन आफूले पटक–पटक आग्रह गरेको भन्दै अब भने बढ्नेमा विश्वास व्यक्त गरिन् । उनले कहीँकतै नीतिगत अप्ठ्यारो परेको खण्डमा गाँठो फुकाउनका लागि सरकार तयार रहेको बताइन्।
सरकार, निर्माण व्यवसायी र श्रमिकहरू आपसमा समन्वय गरी भवन निर्माणलाई छिटो सम्पन्न गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिइन्। सरकारको उद्देश्य पूरा हुने गरी काम गर्न उहाँले निर्माण व्यवसायीहरूलाई निर्देशन समेत दिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
