सडकको दायाँबायाँ २३ मिटर मापदण्डभित्र पर्ने अस्थायी संरचना भत्काइने पोखरा महानगरले जनाएको छ। पोखरा-मुग्लिन सडकखण्ड एशियाली विकास बैंकको सहयोगमा चार लेनको बन्दैछ।
पोखरा- महानगरपालिकाले पोखरा-मुग्लिन सडकखण्ड अन्तर्गत पृथ्वीचोकबाट विजयपुरसम्म सडक मापदण्डभित्र पर्ने अस्थायी संरचना हटाउन थालेको छ।
सडकको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन मेयर धनराज आचार्य आफैँ खटिएका छन्। डोजर परिचालन गरेर ती संरचना भत्काइन थालिएको छ।
सडकको दायाँबायाँ २३ मिटर मापदण्डभित्र पर्ने अस्थायी संरचना भत्काइने पोखरा महानगरले जनाएको छ। पोखरा-मुग्लिन सडकखण्ड एशियाली विकास बैंक (एडीबी)को सहयोगमा चार लेनको बन्दैछ।

२०२६ मा रेखांकन भएको यो सडक अहिले दुई लेनको छ। सवारीसाधनको चाप बढ्दै गएपछि एडीबीको ऋण सहयोगमा चार लेनको बनाइँदै गरिएको हो। सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ।
आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का अर्को चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिजले पाएको छ।
चार लेनको सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थान तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। उता कास्कीतर्फ गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
