सिंहदरबारमा भएकाे प्रमुख तीन दलका शीर्ष नेताकाे छलफलपछि संघीय संसद्को अवरोध खुलाउन एमाले सहमत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमाले संसद्को अवरोध हटाउन तयार भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारमा आज बसेको बैठकमा संघीय संसद्को अवरोध खुलाउन एमाले सहमत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेतासँग आग्रह गरेका थिए। बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी थिए।
गत बुधबारदेखि प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसद्का दुवै सदनको बैठक अवरोध गर्दै आएका छन्। यस्तै, दिउँसो ३ बजे बस्ने बैठकमा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग्ने छ। त्यसपछि प्रधानमन्त्रीले जवाफ दिनेछन्।
यसअघि प्रधानमन्त्रीको आग्रहमा सभामुख देवराज घिमिरेले आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दुई घण्टाका लागि सारेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
