कस्तो छ आजको मौसम?

राति भने देशभर आंशिक बदली रहे पनि सामान्यतया मौसम सफा रहने विभागले जनाएको छ।

काठमाडौँ- हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

राति भने देशभर आंशिक बदली रहे पनि सामान्यतया मौसम सफा रहने विभागले जनाएको छ।