यसपटक टोलीमा देव खनाल, मौसम ढकाल र सन्दीप जोराले पुनरागमन गरेका छन् भने सूर्य तामाङले पहिलोपटक टोलीमा स्थान बनाएका छन्।
काठमाडौँ– चार मुख्य खेलाडीलाई बाहिर राख्दै नेपालले एसीसी इमर्जिङ टिम्स एशिया कपका लागि टोली घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि शुक्रबार टोलीको घोषणा गरेको हो। टोलीमा नियमित खेलाडी ज्ञानेन्द्र मल्ल, करण केसी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले परेका छैनन्। दीपेन्द्र र सन्दीपले ग्लोबल टी–२० क्यानडा लिग खेल्ने छन्।
उक्त लिग जुलाई २० देखि अगस्ट ६ सम्म आयोजना हुने छ। दीपेन्द्रलाई ड्राफ्टमार्फत मोन्ट्रेल टाइगर्सले अनुबन्ध गरेको हो। सन्दीप भने यस पटक सर्रे जागुअरमा अनुबन्ध भएका छन्।
यसपटक टोलीमा देव खनाल, मौसम ढकाल र सन्दीप जोराले पुनरागमन गरेका छन्। यस्तै, बायाँ हाते स्पिनर सूर्य तामाङले भने पहिलोपटक टोलीमा स्थान बनाएका छन्।
इमर्जिङ कपमा नेपाल रहेको समूह ‘बी’ मा पाकिस्तान ‘ए’, भारत ‘ए’ र यूएई छन्। अर्को समूहमा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान छन्। नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तानसँग खेल्नेछ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
