संघीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ।
काठमाडौँ– प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको हो। संघीय संसद् सचिवालयका अनुसार विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित भएको हो।
सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गर्दै आएको छ।
एमाले प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान लिएको छ। प्रधानमन्त्री दाहालले केही दिन अघि पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षले सदन अवरुद्ध पार्ने आएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
