सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिना प्रकरणसहित अन्य थुप्रै घटनाको अनुसन्धान अघि बढाउने गृहमन्त्री श्रेष्ठको भनाइ छ।
काठमाडौँ– गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा हिनामिनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा आउने बताएका छन्।
शुक्रबार हात्तिवनस्थित निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। “यो त्यो भन्ने हुँदैन। यसमा संलग्न जो कोही पनि तथ्य र प्रमाणका आधारमा दोषी देखिए भने कानूनी दायरामा आउँछन्,” उनले भने, “प्रहरीलाई निष्पक्ष, स्वच्छ रूपमा अनुसन्धान गर्न निर्देशन दिइसकिएको छ।”
प्रहरीले ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको छ। भूमाफियाले हडपेको १४३ रोपनी जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीदेखि मन्त्री, उच्च पदस्थ कर्मचारीसम्म जोडिएका छन्। यो प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले करिब ४०० जना विरुद्ध पक्राउ पुर्जी नै लिइसकेको छ। नौ जना पक्राउ परेका छन्।
प्रहरीले सरकारी दस्तखत किर्ते र संगठित अपराधअन्तर्गत मुद्दाको अनुसन्धान गरिरहेको छ। गृहमन्त्री श्रेष्ठले ललिता निवासको जग्गा सरकारी नै रहेको भन्दै दोषी कोही पनि नउम्किने बताए।
“अहिले सरकारको उद्देश्य नै सुशासन कायम गराउने र भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो,” उनले भने,“यसतर्फ सरकार केन्द्रित छ। स्वयं प्रधानमन्त्री नै सुशासन कायम गराउन दृढ रहनुभएको छ।”
उनले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिना प्रकरणसहित अन्य थुप्रै घटनाको अनुसन्धान अघि बढाउने बताए। मिटरब्याज पीडितलाई न्याय दिन शुरू गरिएको काम नरोकिने भन्दै उनले अहिले सरकारले बनाएको आयोगले नै काम गरिरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
