ताम्राकारले ‘इन्टु मिन्टु लन्डनमा, मेरी मामु, रानीलगायत चलचित्रमा अभिनय गरेका थिए।
काठमाडौँ– अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन्।
ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी सीताराम रिजालले जानकारी दिए।
३१ वर्षीय ताम्राकार घरको भर्याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको उनले बताए।
प्रहरीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज लगेको छ। ताम्राकारले ‘इन्टु मिन्टु लन्डनमा, मेरी मामु, रानीलगायत चलचित्रमा अभिनय गरेका थिए।
उनी पछिल्लो समय चलचित्र ‘ह्यासट्याग माया’ को अभिनयमा व्यस्त थिए। घटनाबारे अनुसन्धान भइरहेको एसपी रिजालले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
