कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई नियुक्त गरेका छन्।
काठमाडौँ– कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन्। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यसअघि कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सदनबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका थिए।
आइतबार कोशी प्रदेश प्रमुख खापुङले प्रदेशको मुख्यमन्त्री नियुक्ति लागि बिहीबार साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए।
त्यस्तै, सोमबार सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो।
बिहीबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
शुक्रबार बिहान ९ बजे नवनियुक्त मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
यसअघि थापाले प्रदेश प्रमुख खापुङसमक्ष अपराह्न ४ः५२ बजे मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
नेपाली कांग्रेसका २९ सांसदसहित नेकपा माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका चार, जनता समाजवादी पार्टी (जसपा)का एक र सभामुख बाबुराम गौतमको पनि समर्थन रहने गरी थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
