धेरैले गण्डकी प्रदेशको बजेटलाई ‘गोखरा बजेट’ भनेर टिप्पणी भइरहँदा आफ्नो गृहजिल्लाका नागरिकले भने बजेटबारे गुनासो गरेको मुख्यमन्त्री पाण्डेले बताए।
पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले ल्याएको बजेट गोरखा केन्द्रित नभएको बताएका छन्।
प्रदेशसभामा आगामी आव २०८०/८१ को बजेटको मन्त्रालयगत छलफलका क्रममा सदस्यहरूले उठाएका प्रश्नहरूको बुधबार जवाफ दिँदै उनले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताए।
“मैले बजेटमा गोखरालाई पहिलो प्राथमिकतामा नराखिदिनुहोला भनेको थिएँ, आफ्नो सरकारले ल्याउने पहिलो बजेटमै यसको झल्को आउनुहुँदैन भन्नेमा म सचेत थिएँ,” मुख्यमन्त्री पाण्डेले भने, “संघ सरकारको बजेटमा पनि गोरखाको बढी चर्चा भएको सन्दर्भमा प्रदेशका माननीयज्यूहरूले अलिअलि विषय उठानुभयो, तर अवस्था त्यस्तो छैन। बजेट र योजना बाँडफाँट हेर्दा त्यो प्रष्ट हुन्छ।”
बाहिर ‘गोखरा बजेट’ भनेर टिप्पणी भइरहँदा बजेटलाई लिएर आफ्नो गृहजिल्लाका नागरिकले गरेको गुनासो आफूलाई मात्र थाहा भएको उनले बताए। “उल्टो मुख्यमन्त्री हुँदा पनि जिल्लालाई केही गर्न नसकेको आरोप ममाथि छ, सामाजिक सञ्जाललगायतबाट टिप्पणी भइरहेको छ,” मुख्यमन्त्री पाण्डेले भने।
उनले समग्र प्रदेशको समृद्धि, विकास, सुशासन र नागरिकको हकहितलाई केन्द्रमा राखेर बजेट ल्याइएको बताए। “आत्मनिर्भर तथा समुन्नत प्रदेश, सम्मानित प्रदेशवासीको उद्देश्यमा बजेट केन्द्रित छ,” उनले भने, “स्रोतको सीमितताका कारण बजेटको आकार पनि घट्यो, त्यसैले गर्दा सबै आवश्यकताको सम्बोधन गर्ने गरी बजेट विनियोजन गर्न सकिएन ।”
मुख्यमन्त्री पाण्डेले बजेट निर्माणको परम्परागत शैलीलाई बदल्नुपर्ने धारणा राखे। उनले आगामी वर्षदेखि प्रदेश सरकारले आयोजना बैंक स्थापना गर्ने र सोही आधारमा आयोजनाको छनोट र कार्यान्वयन गरिने बताए। उनले विनीयोजन विधेयकका सम्बन्धमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
