‘रविन एन्ड द रिभोलुसन’ ब्यान्डका भोकलिस्ट तामाङ चलचित्र अभिनयमा समेत सक्रिय थिए।
काठमाडौँ– नेपाली सांगीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङ घरमै मृत भेटिएका छन्।
६० वर्षीय तामाङ बुढानीलकण्ठस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले जानकारी दिइन्।
प्रहरी प्रभाग बुढानीलकण्ठका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार मंगलबार साँझ गायक तामाङले फोन नउठाएको भन्दै प्रहरीलाई फोन आएको थियो।
त्यसपछि उनको घरमा प्रहरी पुगेको थियो। मृत्युको कारण शव परीक्षणपश्चात् मात्र खुल्ने प्रहरीले जनाएको छ। ‘रविन एन्ड द रिभोलुसन’ ब्यान्डका भोकलिस्ट तामाङ चलचित्र अभिनयमा समेत सक्रिय थिए।
पछिल्लो समय चलचित्र ‘छड्के–२’ मा अभिनय गरेका तामाङको नेपाली रकशैली गीतको विकासमा उल्लेख्य योगदान छ।
तामाङका ‘नेपाल’, ‘एकता’, ‘चिसो–चिसो हावामा’, ‘माइला भाइ’, ‘जति माया लाए पनि’, ‘दम मारो दम’, ‘भुल मा भुल्यो’लगायत गीत चर्चित छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
