स्थानीयले आइतबार मूलपानी क्रिकेट मैदानमा ताला लगाएर नाराबाजी गरेपछि क्यान अध्यक्ष चतुरबहादुर चन्दले पुरानै नाम कायम गर्ने र स्थानीयसँगको सहमतिमै नयाँ नाम राख्ने बताएका थिए।
काठमाडौँ- मूलपानी क्रिकेट मैदानको नामकरणमा असन्तुष्टि जनाउँदै आइतबारदेखि स्थानीयले मैदानको मूल गेटमा लगाएको ताला खोलेका छैनन्। क्यानले नाम परिवर्तनलाई तत्काल स्थगित गर्ने जनाए पनि स्थानीयले ताला नखोलेका हुन्।
कागेश्वगरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले स्थानीयले आन्दोलन गरे पनि नेपाल क्रिकेट संघ (क्यान)ले पुरानै नाम कायम गर्ने भनिसकेकाले त्यसको औचित्य नभएको बताए। सहमति भइसकेको कारण आन्दोलन स्थगित गर्न भनेको र आफूले विज्ञप्ति निकाल्ने तयारी गरिरहेको उनले जानकारी दिए।
"क्यानले समन्वय नगरी नाम राखेको कारण मेरो पनि असन्तुष्टि हो। स्थानीय सबैको असन्तुष्टि छ," मेयर कार्कीले भने, "यसमा पत्र लेखेर हामीले असन्तुष्टि जनाएपछि क्रिकेट संघले पुरानै नाम हुने र गल्ती सच्याउने बताइसकेको छ। स्थानीयले कुरा नबुझी किन आन्दोलनलाई निरन्तरता दिइरहेका छन्! सायद नबुझेर होला।"
क्यानको असार १५ गते बसेको बोर्ड बैठकले मूलपानी मैदानको नाम स्वर्गीय जयकुमार नाथ शाहको नाममा राख्ने निर्णय गरेको थियो। शाह क्यानका पूर्वअध्यक्ष हुन्। उनले चार दशक क्यानको नेतृत्व गरेका थिए। उनले २०६२ सालमा अध्यक्षबाट राजीनामा गरेका थिए। ८९ वर्षको उमेरमा २०७४ सालमा शाहको निधन भएको थियो।
मूलपानी क्रिकेट मैदानको नयाँ नाम राख्ने क्यानको बोर्ड बैठकको निर्णय बाहिरिएपछि मेयर कार्कीसहित स्थानीयले विरोध गरेका थिए। उनीहरूले स्थानीय नामलाई ओझेलमा पार्न खोजेको बताएका थिए।
स्थानीयको आन्दोलनपछि क्यान अध्यक्ष चतुरबहादुर चन्दले आइतबार नै सबै सरोकारवालासँग छलफल गरी सहमतिमै नामकरण गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले तत्काललाई नामकरण स्थगित गरेको पनि बताएका थिए।
यो पनि: मूलपानी रंगशालामा मैदानलाई ठिक्क छ जग्गा, जबर्जस्ती प्यारापेट बनाए हुँदैन क्रिकेट
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
