धेरै वर्षअघि भागेर स्वीडेन आएकी ३७ वर्षीय इराकी साल्वान मोमिकाले कुरानका पाना च्यातेर केही पेज जलाएकी थिइन्। यो घटनापछि इरानलगायत केही देशमा स्वीडेनविरोधी प्रदर्शन भएका छन्।
स्वीडेन सरकारले राजधानी स्टकहोमको मुख्य मस्जिदबाहिर कुरान जलाउने कार्यको भर्त्सना गरेको छ। यसलाई त्यहाँको सरकारले ‘इस्लामोफोबिक’ भनेको छ।
इस्लामहरूको एउटा अन्तर्राष्ट्रिय संस्थाले स्वीडेनमा भविष्यमा मुस्लिमको ‘पवित्र पुस्तक’माथि भएको जोखिम हटाउन सुरक्षाको उपायका लागि आह्वान गरेपछि स्वीडेन सरकारले कुरान जलाउने कार्यको भर्त्सना गरेको हो। ५७ देशहरूको संगठन अर्गनाइजेसन अफ कोअपरेसन (ओआईसी) ले भविष्यमा कुरानमाथि हुने खतरा जोगाउन कानून र अन्य सुरक्षाका उपाय गर्नुपर्ने जनाएको थियो।
“स्वीडेनमा कोही व्यक्तिहरूले गरेको इस्लामोफोबिक कार्यहरू मुस्लिम समुदायका लागि आपत्तिजनक भएकोबारे स्वीडिश सरकार जानकार छ,” आइतबार स्वीडेनको विदेश मन्त्रालयले भनेको छ, “हामी यी कार्यहरूको कडा निन्दा गर्छौं। यी कार्यले कुनै पनि हिसाबमा स्वीडिश सरकारको विचार प्रतिबिम्बित गर्दैन।”
धेरै वर्षअघि भागेर स्वीडेन आएकी ३७ वर्षीय इराकी साल्वान मोमिकाले कुरानका पाना च्यातेर केही पेज जलाएकी थिइन्। मुस्लिमहरूको चाड इद अल–अधाको बिदाको पहिलो दिन यो घटना भएको थियो। यसले आईओसीको एक सदस्य राष्ट्र टर्की रुष्ट भएको छ। स्वीडेन सैन्य संगठन नाटोको सदस्य बन्न टर्कीको समर्थन खोजिरहेको छ।
शुरूमा स्वीडिश प्रहरीले मोमिकालाई संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता अनुसार प्रदर्शनीका लागि अनुमति दिएको थियो। तर, कुरान जलाएपछि प्रहरीले उनलाई जातीय वा राष्ट्रिय समूहविरुद्धको प्रदर्शनको ‘चार्ज’ लगाएको छ।
स्टकहोममा भएको यो घटनापछि इरानलगायत विभिन्न मुस्लिम देशमा स्वीडेन विरोधी प्रदर्शनहरू भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
