पुल बनेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रूपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिंह मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न हुन्थ्यो। पहिरोका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो।
दमौली– केही दिनयता मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर भइरहेको छ। चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा पटकपटक झरेको पहिरोले उक्त खण्ड अवरुद्ध हुँदा यात्रु मारमा परेका छन्।
यो ठाउँमा गइरहेको पहिरोले तनहुँ र चितवन जोड्ने घुमाउनेको अलपत्र पुललाई फेरि एकपटक सम्झाएको छ। आँबुखैरेनी–५ र भरतपुर–२९ जोड्ने घुमाउनेमा त्रिशूली नदीमाथि सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो।
पुल बनेको भए यतिबेला पहिरोका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो। मुग्लिन–नारायणगढ खण्डको विकल्पका रूपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिंह मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न पाउँथे। त्यस्तै पोखराबाट आउने यात्रु डुम्रे–आँबुखैरेनी नभई बुद्धसिंह मार्ग भएर उक्त पुल तरेर भरतपुरको घुमाउने निस्किन पाउँथे।
नौ वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको युवा अभियन्ता प्रवीण पौडेलले बताए। “यात्रु गन्तव्यसम्म जानका लागि घण्टौँ पहिरोले थुनिएर अलपत्र बन्नुपरेको छ, घुमाउनेमा पुल बनेको भए वैकल्पिक मार्ग हुँदै यात्रु आवतजावत गर्न पाउँथे,” उनले भने।
उक्त पुललाई समयमै पूरा गर्न सकेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रूपमा उक्त मार्ग विकास हुने दमौलीका प्रकाशचन्द्र भट्टराईले बताए। “यो पुललाई देखाएर धेरैले राजनीति गरे, तर ठेकेदारलाई ल्याएर काम गराउनेतिर कसैले पहल गरेनन्,” उनले भने।
२०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो। मृत सञ्जीवनी निर्माण कम्पनीले हालसम्म ३० प्रतिशत मात्रै काम भएको छ। “निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुलको कामले गति लिन सकेन,” आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानले भने। १०५ मिटर लम्बाइ रहेको पुलको लागत नौ करोड ५६ लाख रुपैयाँ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
