सबैले इमानदारितासाथ गरेको खण्डमा अग्रज योद्धाले परिकल्पना गरेको सपना साकार पार्न सकिने उनको भनाइ छ।
काठमाडौँ– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमूल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन्।
आइतबार भक्तपुरमा नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको जीवनलाई सुखी, समृद्ध, समानता, अवसर, रोजगारीका हिसाबले शिर ठाडो बनाउने जिम्मेवारी पूरा गर्नुपर्ने धारणा राखे।
यी सबै कामको जिम्मेवारी कम्युनिस्ट पार्टीबाट नै पूरा हुने भएकाले गहन अध्ययन र खोजी गरी अघि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरे।
“हामीले एउटा राजनीतिक क्रान्तिको काम त सम्पन्न गरेका छौँ। तर, अर्को महत्त्वपूर्ण काम बाँकी छ। त्यो भनेको जनताको जीवनमा आमूल परिवर्तन गर्ने हो,” पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, “यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिस्ट पार्टीले नै गर्नुपर्ने छ। हामी लागेका छौँ।”
सबैले इमानदारितासाथ गरेको खण्डमा अग्रज योद्धाले परिकल्पना गरेको सपना साकार पार्न सकिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
