सभामुख घिमिरेले ऐन, कानूनको निर्माण, त्यसको कार्यान्वयनमा सरकारका अंगहरूलाई क्रियाशील बनाउन पनि पूर्वसांसद क्लबले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए।
काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्लाई प्रभावकारी बनाउने गरी भूमिका निर्वाह गर्न राजनीतिक पार्टीहरूलाई आग्रह गरेका छन्। संसद् जनअपेक्षाअनुसार चल्न नसकेको आमअनभूति भइरहेको उल्लेख गर्दै उनले त्यसलाई प्रभावकारी बनाउने गरी राजनीतिक पार्टीहरूले भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।
६५औँ संसद् दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद् जनप्रतिनिधिहरूको सर्वोपरि संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउने विषयमा पूर्वसांसद क्लबभित्र छलफल गर्न उपयुक्त हुने धारणासमेत राखे।
राष्ट्र र जनताको आवश्यकताअनुसार कानून निर्माण गर्ने, भएका कानूनलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जानुपर्ने सभामुख घिमिरेको भनाइ थियो।
“संघीय संसद् सर्वोपरि संस्था हो। यसले बनाएको नीति, कानून, यसले बनाएको सरकार देशमा शासन गरिरहेको हुन्छ। यसले अहिलेको आवश्यकता र खाँचोअनुसार काम गर्न सकिरहेको छौँ कि छैन? छैन भने कानूनको अभाव छ भने कानुन बनाऊ। कार्यान्वयनको अभाव छ भने सरकार वा अन्य अंगहरूलाई याक्टिभ बनाउने काम गरौँ,” उनले भने, “संविधान नै बाधक छ भने पनि यसको बारेमा छलफल चलाउन पूर्वसांसद क्लब उपयुक्त हुन्छ।”
सभामुख घिमिरेले ऐन, कानूनको निर्माण, त्यसको कार्यान्वयनमा सरकारका अंगहरूलाई क्रियाशील बनाउन पनि पूर्वसांसद क्लबले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए।
कार्यक्रममा बोल्दै राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिलाहरू निर्वाचित हुने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइन्।
उनले समानुपातिकमा एक पटक ल्याएका महिलाको अनुभवलाई प्रयोगमा ल्याउने गरेर फेरि सांसद बनाउन पनि राजनीतिक दलहरूलाई आग्रह गरिन्। जनसंख्याको आधारमा महिला, अन्य समुदायको संसद्मा समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने उपाध्यक्ष अर्यालको भनाइ थियो।
उपाध्यक्ष अर्यालले तराई/मधेशमा डोमलगायतका जातिहरूमाथि भएको उत्पीडन कम हुने गरी कानून, निर्माण गर्नुपर्नेमा जोड दिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
