दिल्ली महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदुषणसँग सम्बन्धित रोग भएको देखाएको हो।
भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदुषणसँग सम्बन्धित रोग भएको देखाएको छ।
वायुको गुणस्तर सूचकांकले गम्भीरतह पार गरेको वर्तमान सन्दर्भमा सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्वपूर्ण मानिएको छ।
सर्वेक्षणका निष्कर्षलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्ड दैनिकले छापेको समाचारअनुसार नयाँदिल्ली र वरपरका क्षेत्रमा बसोबास गर्ने प्रत्येक पाँच परिवारमध्ये चारले प्रदूषण–सम्बन्धित रोगको शिकार भएको अनुभव गरिरहेको छन्।
उनीहरूमध्ये १८ प्रतिशतले डाक्टर वा अस्पताल गएर रोगको निदान एवम् उपचार खोजेका छन् ।
नोएडा, गाजियाबाद, गुरुग्राम र फरीदाबाद नजिकका सामुदायिक सामाजिक सञ्जाल र स्थानीय समूहहरूसँगको सभागितामा गरिएको सर्वेक्षणमा १९ हजार जनालाई समेटिएको थियो।
असी प्रतिशतले प्रदूषणका कारण धेरै समस्या सामना गरिरहेको बताए भने सात प्रतिशतले प्रदूषणबाट आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
