हालै घोषणा गरिएको समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ छ।
पोखरा– प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच पार्टी एकताका लागि ठोस पहल भइरहेको दाबी गरेका छन्।
शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
“माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ,” उनले भने, “त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि देशको पक्षमा सोच्न र काम गर्न जरुरी छ।”
सामन्तवाद र प्रतिक्रियावादले थुपारेको पोहोर सफा नगरी देश नबन्ने उनको दाबी छ। “हामी राम्रो गर्न खोज्दैछौँ। सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डंगुर थुपारेको छ। त्यसलाई सफा नगरी देश बन्दैन,” प्रधानमन्त्री दाहालले भने, “देश निर्माणका लागि फेरि नयाँ फड्को जरुरी छ। सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ। यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ। सरकार यसमा दृढ छ।”
हालै घोषणा गरिएको समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने उनले बताए। “हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ। आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौ,” उनले भने, “समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ। पूर्वमाओवादी पनि छलफलमा छौँ। फेरि पार्टी एकताको आधार निर्माण हुँदैछ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ।”
पार्टी निर्माण, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्ने उनको जोड थियो।
“हामी विशेष महाधिवेशन गर्नेमा पनि छौँ। यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्नेछ,” प्रधानमन्त्री दाहालले भने, “सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माण, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
