नेपालमा २०१६ असार १६ गते संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा संसद् दिवस मनाउने गरिन्छ।
काठमाडौँ– सभामुख देवराज घिमिरेले संसद्को गतिशीलता राजनीतिक दलको सहमति र समन्वयमा निर्भर रहने बताएका छन्।
संसद् दिवसका अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले राजनीतिक दल र सांसदबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेका छन्।
जनताप्रतिको उत्तरदायित्व र जबाफदेहितालाई आफ्नो पथ प्रदर्शकका रूपमा आत्मसात् गर्नु सबैको प्राथमिक दायित्व हुनुपर्नेमा उनले जोड दिए।
“जनताप्रतिको उत्तरदायित्व र जबाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकका रूपमा आत्मसात् गर्नु हामी सबैको प्राथमिक दायित्व हुनुपर्ने मेरो जोड रहेको छ,” सन्देशमा भनिएको छ, “नेपालको संविधानले अंगिकार गरेको जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै नेपाली जनताले आवधिक निर्वाचनबाट जननिर्वाचित सर्वोच्च संस्था संसद्मा प्रतिनिधि चयन गर्दै आएका छन्।”
नेपालमा २०१६ असार १६ गते संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा संसद् दिवस मनाउने गरिन्छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
