कृषि विश्वविद्यालयले कृषि प्रविधिलाई समयसापेक्ष अनुसन्धान गरी जनतासम्म पुर्याउनुपर्ने ओलीको भनाइ छ।
चितवन– एमाले अध्यक्ष केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट अघि बढाउनुपर्ने बताएका छन्।
धान दिवसका अवसरमा शुक्रबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कुनै पनि उत्पादन ठूलो मात्रामा गर्नुपर्ने उल्लेख गरे।
खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्न सकेमा कसैको परनिर्भर हुन नपर्ने उल्लेख गर्दै उनले नेपाल कृषिप्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन नसकेको बताए।
“पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि उत्पादन नै हो,” ओलीले भने, “हामी प्रायः बाहिरबाट सबै चिज ल्याउँछौँ। तर हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु र दूध यहीँ उत्पादन हुन्छ। त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन।”
ओलीले उत्पादनलाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन्। कृषि विश्वविद्यालयले कृषि प्रविधिलाई समयसापेक्ष अनुसन्धान गरी जनतासम्म पुर्याउनुपर्ने ओलीको भनाइ छ।
“कृषिलाई आत्मनिर्भर बनाउने कुरामा विश्वविद्यालय लाग्नुपर्छ,” उनले भने, “उत्पादन बिक्री नभएर फाल्नुपर्ने स्थिति नआउनका लागि विविधीकरण गर्नुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
