प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक, २०८० माथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेकाे छ।
काठमाडौँ– सरकारले बजेट पारितका लागि बुधबार संसद्मा प्रस्ताव पेस गर्दै छ।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।
मन्त्रालयगत छलफल पनि सकिएपछि सरकारले आज बजेट पारितका लागि प्रस्ताव पेस गर्न लागेको हो। त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक, २०८० माथि उठेका प्रश्नको जवाफ दिँदै छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
त्यस्तै, सांसदहरूले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन्। त्यसपछि बजेट पारितका लागि प्रस्तुत हुने कार्यसूची रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
