झापामा ट्रकले कारलाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु, ५ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–९ मा ट्रक र कार ठक्कर खाई दुर्घटना हुँदा कारमा सवार बाबुछोरीको मृत्यु भएको छ।

काठमाडौँ– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–९ मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

मंगलबार बिहान पश्चिमबाट पूर्वतर्फ गइरहेको ट्रक र विपरीत दिशाबाट आइरहेको कार ठक्कर खाई दुर्घटना हुँदा कारमा सवार बाबुछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।  

मृत्यु हुनेमा मोरङ उर्लाबारीका गुरूचरण चौधरी र उनकी छोरी कुमकुम छन्। उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै, घाइते हुनेमा मृतक चौधरीका छोरा विकेश, सोहीस्थानका सुजिता चौधरी, रन्जु चौधरी, रिकेश न्यौपाने र मुना शाहको उपचार भइरहेको छ।