प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जाने दाबी गरेका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धन पाँच वर्ष चल्ने बताएका छन्। धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटन क्रममा प्रधानमन्त्री दाहालले वर्तमान गठबन्धन पाँच वर्षभन्दा अगाडि जाने बताएका हुन्।
“अहिले कता–कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ। पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ,” उनले भने।
१८औँ शताब्दीमा कार्ल मार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ? नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै दुनियाँले के भन्छ त्यतातिर भन्दा पनि राम्रो गर्दै जानेतिर आफ्नो ध्यान रहेको उनले बताए।
भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखी नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले विरोध गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो। आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै उनले जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने विश्वास व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
