कोरियन युद्ध भएको ७३औँ वर्षगाँठ मनाउन उत्तर कोरियाले निकालेको जुलुसमा अमेरिकालाई ‘साम्राज्यवादी’ भन्दै युद्धको धम्की पनि दिइएको छ।
उत्तर कोरियाले कोरियन युद्धको ७३औँ वर्षगाँठको उपलक्ष्यमा राजधानी प्योङयाङमा आयोजना गरेको र्यालीमा अमेरिकालाई ‘साम्राज्यवादी’ भन्दै नारा लगाइएको छ। उक्त अवसरमा ‘बदलाको युद्ध’को प्रतिबद्धता पनि जनाइएको छ।
जुलुसमा एक लाख २० हजार युवा तथा मजदुर सहभागी भएको त्यहाँको सरकारी समाचार एजेन्सी केसीएनएलाई उधृत गर्दै अलजजिराले जनाएको छ। उक्त जुलुसमा त्यहाँको शासनमा रहेको वर्कर्स पार्टीका महासचिव पनि सहभागी थिए।
फोटोहरूमा देखिएअनुसार रंगशाला मान्छेहरूले भरिएको थियो र अधिकांशले सेतो सर्ट लगाएका थिए। केहीले मार्च पास गर्दै दायाँ हात मुठी बनाएर हावामा झड्कारिरहेका थिए। अरू केहीले प्लाकार्ड बोकेका थिए, जहाँ ‘पूरै अमेरिकाको मुख्य भाग हाम्रो सुटिङ दायरमा पर्छ’ र ‘साम्राज्यवादी अमेरिका शान्तिको विनाशक हो’ लगायत नारा लेखिएको थियो।
कोरियन युद्ध १९५० जुन २५ मा शुरू भएको थियो। उत्तर कोरियाले प्योङयाङअन्तर्गत कोरियन प्रायद्वीप एकीकरण गर्न भन्दै दक्षिण कोरियामाथि आक्रमण गरेपछि उक्त युद्ध शुरू भएको हो। यो युद्ध तीन वर्ष चलेको थियो। युद्धमा उत्तर कोरियालाई चीन र तत्कालीन सोभियत संघ तथा दक्षिण कोरियालाई अमेरिकाले सघाएका थिए। त्यतिबेला करिब २० लाख मानिस मारिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
