कालीगण्डकीको इतिहास, धार्मिक सभ्यता र महत्वलाई जोगाउँदै पर्यटन विकास गर्ने योजनाका साथ नदी किनारमा पैदलमार्ग बनाउन लागिएको हो।
रामपुर– शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ।
शालग्रामी र कालीनदी नामबाट पनि चिनिने यस नदीलाई आयआर्जनसँग जोड्दै धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले योजना अगाडि सारेको छ। कालीगण्डकी नदीको ऐतिहासिकता, धार्मिक सभ्यता र महत्वलाई जोगाउँदै पर्यटन विकास गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले नदी किनारमा पैदलमार्ग बनाउने योजना ल्याएको छ।
नगरपालिकाभित्र पर्ने नदी किनारै किनार पैदलमार्ग बनाउने योजना ल्याइएको नगरप्रमुख रमणबहादुर थापाले बताए। पैदलमार्गका लागि संघीय समपूरक कोषबाट ६० लाख र रामपुर नगरपालिकाबाट ६० रुपैयाँ बजेट विनियोजन गरिएको छ।
“कालीगण्डकी नदी हाम्रो सभ्यता हो। यसलाई संरक्षण गरी पर्यटनसँग जोडियो भने आयआर्जन पनि हुनेछ,” नगरप्रमुख थापाले भने, “एक वर्षभित्र पैदलमार्गको काम सम्पन्न गर्ने योजना छ।” पैदलमार्गमा पदयात्राका साथै साइकल मार्ग, ठाउँठाउँमा कोसेलीघर, आवासगृह, शौचालय, नदी किनारमा स्नान गर्ने स्थल तयार गरिने नगरप्रमुख थापाले बताए। राम्दीदेखि देवघाटसम्म कालीगण्डकी नदी किनारमा पैदलमार्ग बनाउने योजना छ।
“ रामपुर नगरभित्र मात्र नभई यसलाई राम्दीदेखि देवघाट क्षेत्रभित्र जोडिएका सबै पालिकाले आ–आफ्नो क्षेत्रमा पैदलमार्ग निर्माण गरेमा पर्यटन विकासले धेरै फड्को मार्नेछ,” नगरप्रमुख थापाले भने।
नेपालमा कालीगण्डकी नदीको सभ्यता निकै नै पुरानो मानिन्छ। पाल्पाको राम्दीदेखि देवघाटसम्म एक ठाउँमा कालीगण्डकी उत्तर दिशातर्फ बगेकाले यसलाई उत्तरवाहिनी नदी पनि भनिन्छ।
लुम्बिनी र गण्डकी दुई प्रदेशबीचको साझा नदी भएकाले नदी तटमा पैदलमार्ग निर्माण गरेपछि वारिपारिको पर्यटन विकास, स्थानीयको दैनिक जीवनयापनमा धेरै फाइदा पुग्ने रामपुरका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताए। न्यौपानेका अनुसार पैदलमार्ग बनेपछि पर्यटकीय शहर पोखरा र लुम्बिनी आएका बाह्य पर्यटक पनि रामपुर भित्रिनेछन्।
पारिवारिक जलयात्राका लागि उत्तम मानिएको कालीगण्डकी नदीमा व्यावसायिक जलयात्रा नियमित सञ्चालन गर्ने नगर सरकारको योजना छ। जलयात्रा सञ्चालनका लागि नगरपालिकाले यसअघि नै परीक्षण गरिसकेको छ। परीक्षणका क्रममा विज्ञले यस नदीलाई व्यावसायिक रूपमा जलयात्रा सञ्चालन गर्न सुझाव दिएका छन्।
कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवम् पर्यटकीय सभ्यता बोकेको नदी हो। दामोदर कुण्डदेखि बहेको कालीगण्डकी नदीको महत्व र पर्यटन विकासका विषयमा बेलाबेलामा बहस हुने गरेका छन्। मुक्तिनाथदेखि देवघाटसम्म थुप्रै धार्मिकस्थल जोडिएका छन्।
कालीगण्डकी नदीलाई संरक्षण र संवद्र्धन गरिएन भने संस्कार, संस्कृति र यहाँको पर्यावरणमा ठूलो असर पर्ने विज्ञको भनाइ छ। नदीको पर्यावरणीय अस्तित्वलाई जोगाइराख्न पनि पर्यटन विकाससँग जोडेर योजना अगाडि सारिएको नगरपालिकाले जनाएको छ।
कालीगण्डकी यस क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, ऋषि महर्षिका आश्रमस्थल, धाम, घाट र मानव बस्तीका कारण यसको सभ्यता वैदिककालसँग जोडिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
