काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार जरिवाना

निर्वाचन आयोगले काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई जरिवाना गरेको छ।

काठमाडौं– निर्वाचन आयोगले काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई पाँच हजार रुपैयाँ जरिवाना गरेको छ।

वडाध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौं-६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो।

रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको भेटिएपछि आयोगले स्पष्टीकरण सोधेको थियो।

रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्यांश (४) प्रतिकूल हुने गरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टि भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको आयोगले जनाएको छ।