बुधबार बस्ने प्रतिनिधिसभा बैठक सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित हुनेछ।
काठमाडौँ– प्रदेशका बहालवाला मन्त्रीको निधनमा अबदेखि प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गरेर एकदिन बैठक स्थगित हुने भएको छ।
बुधबार प्रतिनिधिसभा बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार बुधबार बस्ने प्रतिनिधिसभा बैठक सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएको छ।
“प्रतिनिधिसभामा आजदेखि नयाँ अभ्यास शुरूआत भएको छ। प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका माननीय सरह नै सम्मान प्रकट गर्दै शुरूमा नै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने निर्णय भएको छ,” अधिकारीले जारी गरेको सूचनामा भनिएको छ।
मन्त्री सिंहको मंगलबार डडेलधुराबाट बझाङ जाने क्रममा सवारी दुर्घटनामा भएको थियो। दुर्घटनामा घाइते भएका उनको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो। सुदूरपश्चिम सरकारले बुधबार सिंहको निधनमा एकदिन शोक बिदा दिएको छ भने सरकारी कार्यालयमा झन्डा आधा झुकाइएको छ।
धनगढीमा मृतक सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन राखिएको छ। आजै बझाङमा उनको दाहसंस्कार गरिने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
