क्यानडाको संसद्‍‍मा अन्तर्राष्ट्रिय गीता महोत्सव

क्यानडाको संसद्‍मा अन्तर्राष्ट्रिय गीता महोत्सवको आयोजना गरिएको छ। सो अवसरमा सांसद चन्द्र आर्यले नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने विधेयक ल्याउन माग गरेका छन्।

टोरन्टो- क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना गरिएको छ।

त्यस अवरसमा क्यानडाको संसद् हाउस अफ कमन्सका सदस्य चन्द्र आर्यले नोभेम्बरलाई हिन्दु सम्पदा महिनाका रूपमा मनाउने विधेयकमा जोड दिए।

उनले क्यानडाको सामाजिक एवं आर्थिक विकासमा हिन्दु क्यानडालीले गरेको योगदान र क्यानडाली समाजमा उनीहरूले गरेको सेवालाई क्यानडा सरकारले मान्यता दिनुपर्ने बताए।

भारत सेवाश्रम संघ क्यानडाले जारी गरेको विज्ञप्तिअनुसार क्यानडाको संसद‍्‍मा भदौ ३१ देखि असोज २ गतेसम्म गीता महोत्सव आयोजना गरिएको हो। महोत्सवको समापन शोभायात्राका साथ गरिएको थियो।