राष्ट्रपति पौडेलको मुटुको चाल बेला बखत कम हुने देखिएकाले पेसमेकर राखिएको कार्यकारी निर्देशक प्रा.डा. पौडेलले बताएका छन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरी पेसमेकर राखिएको छ। महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मंगलबार दिउँसो मुटुको शल्यक्रिया गरिएको हो।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले मंगलबार दिउँसो ३:१५ मा जारी गरेको राष्ट्रपति पौडेलको स्वास्थ्य स्थितिसम्बन्धी विज्ञप्तिमा विशेषज्ञहरूको सुझावअनुसार मंगलबार सफलतापूर्वक स्थायी पेसमेकर राखिएको उल्लेख छ।
राष्ट्रपति पौडेल सेन्टरमा असार २ गतेदेखि उपचाररत थिए। अचानक स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई अस्पताल पुर्याइएको थियो। ७२ घण्टाको नियमित निगरानीका क्रममा राष्ट्रपति पौडेलको मुटुको चाल बेला बखत कम हुने देखिएकाले विशेषज्ञहरूको परामर्शमा पेसमेकर राखिएको कार्यकारी निर्देशक प्रा.डा. पौडेलले जनाए।
“७२ घण्टाको नियमित निगरानीका क्रममा सम्माननीयज्यूको मुटुको चाल बेला बखतमा कम हुने देखिएकाले विशेषज्ञहरूको रायबमोजिम पेसमेकर राख्नुपर्ने देखिएकाले आजै सफलतापूर्वक स्थायी पेस मेकर राखिएको छ,” विज्ञप्तिमा भनिएको छ। राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
