हार्वर्ड विश्वविद्यालयस्थित मेडिकल स्कुलको शवगृहबाट शवका अंग चोरेर एक दम्पतीले वर्षौंदेखि बिक्री गरिरहेको पाइएको छ। उनीहरूले फरक अंगको फरक मूल्य लिएर बेच्ने गरेका थिए।
अमेरिकाको विश्व प्रसिद्ध विश्वविद्यालय हार्वर्डमा कैयौँ वर्षदेखि मान्छेको शव खरिद–बिक्री भइरहेको खुलेको छ। यो काममा विश्वविद्यालयकै एक जोडी दम्पती सामेल थिए।
उक्त दम्पतीले मेडिकल स्कुलको शवगृहबाट शवका अंग चोरेर बेच्ने गरेका थिए। यो काम शवगृहका प्रबन्धक ५५ वर्षीय सेड्रिक लज र उनकी पत्नी ६३ वर्षीय डेनिस लजले विश्वविद्यालयका लागि दान गरिएका शवका अंग निकालेर बेच्ने गरेका थिए। यहाँ पूरै अमेरिकाबाट दान गरिएका शव ल्याइन्छ। ती शव अनुसन्धानमा प्रयोग हुन्छन्।
उनीहरूले शवको टाउको हड्डी, छाला र मासुसमेत बेचेको पाइएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। शव किन्ने र अंगहरू ठाउँठाउँमा पुर्याएर बेच्ने गरिएको समाचारहरुमा उल्लेख छ। उनीहरू ती अंक अनलाइनको मध्यमबाटै बेच्ने गर्थे। उनीहरूको व्यापारको नेटवर्क देशभरि बनेको थियो।
प्रबन्धक लजले कतिपटक त ग्राहकलाई शवगृहमै लगेर अंग दिएको बताइएको छ। प्रहीले उनीहरूसहित मानव अंग किनबेचमा अन्य धेरै जनालाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध षडयन्त्र र चोरीका सामग्रीको अन्तरराज्य ढुवानीलगायत मुद्दा चलाइएको छ।
लज दम्पतीले मान्छेको टाउको १ हजार डलरमा बेच्ने गरेको पनि पत्ता लागेको छ। एक जना ग्राहकले उनीहरूलाई गरेको अनलाइन भुक्तानीमा लेखिएको छ, 'शिर नम्बर ७ का लागि १ हजार डलर।'
उनीहरूविरुद्ध दर्ता फिरादपत्र अनुसार सेड्रिकले सन् २०२० मा म्याकलिन नामकी महिलालाई अनुहारको छाला ६०० डलरमा बेचेका थिए। म्याकलिन डरलाग्दा खेलौना बेच्ने पसल चलाउँथिन्। ती खेलौनामा उनले शवको अनुहारको छाला प्रयोग गरेको हुनसक्ने आशंका गरिएको छ।
उनी गुडियामा रगतको प्रयोग गर्थिन। यसकारण उनले शवकै अंगहरू प्रयोग गरेर डरलाग्ने खालका खेलौना बनाएको आशंका पनि छ। सेड्रिकले यी ग्राहकसँग मात्र पछिल्लो चार वर्षमा ३९ हजार डलरको कारोबार गरेको भेटिएको छ।
शरीरका अंग किन्ने अन्यले तिनको प्रयोग परम्परागत औषधि बनाउन र गैरकानूनी अनुसन्धानहरूमा गरिएको बताइन्छ। कतिपय व्यक्तिले भने शोखका रूपमा मान्छेको खप्पर घर अथवा फार्ममा सजाउने गरेका पनि थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
