इक्वेडरको एक अस्पतालले मृत घोषणा गरेको पाँच घन्टामा बौरिएकी एक महिलाको उपचारका क्रममा सात दिनपछि मृत्यु भएको छ।
इक्वेडरको बाबाहोयो शहरस्थित एक अस्पतालका चिकित्सकले मृत घोषणा गरेको पाँच घन्टापछि बौरिएकी एक महिलाको मृत्यु भएको छ। पुनः अस्पताल भर्ना गरिएको सात दिनपछि उपचारका क्रममा अस्पतालमा नै ७६ वर्षीया बेला मोन्टोयाको मृत्यु भएको हो।
इक्वेडरको स्वास्थ्य मन्त्रालयले ‘हर्ट अट्याक’ (मुटुमा कम रगत प्रवाह) को कारण गएको शुक्रबार नै उनको मृत्यु भएको जनाएको छ। मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर अस्पतालमा उपचारका क्रममा उनलाई पूर्ण निगरानीमा राखिएको जनाएको छ।
स्थानीय पत्रिकालाई उधृत गर्दै बीबीसीले जनाएअनुसार उनका छोराले पनि आमाको मृत्यु भएको पुष्टि गरेका छन्। छोरा गिल्बर्ट बार्बेराले भनेका छन्, “यसपटक मेरो आमाको साँच्चिकै निधन भएको हो। मेरो जीवन अब उस्तै हुने छैन।”
उनको मृत्युपछि शवलाई जुन ९ मा पुर्याइएकै अत्येष्टि स्थलमा लगिएको छ, जहाँ शोकसभापछि अत्येष्टि भएको छ। यसअघि चिकित्सकले मृत घोषणा गरेपछि अन्त्येष्टिस्थलमा पुर्याएपछि उनले कफिन ढक्ढकाएपछि तुरुन्तै अस्पताल पुर्याइएको थियो।
बीबीसीका अनुसार मृत घोषणापछि बौरिएकी मोन्टोया पहिलो व्यक्ति होइनन्। गएको फ्रेब्रुअरीमा अमेरिकाको न्युयोर्कमा ८२ वर्षीया एक महिलालाई अत्येष्टि गरिने घरमा सुताइसकेपछि उनले सास फेर्दै गरेको पत्ता लागेको थियो। त्यसको तीन घन्टाअघि मात्र अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
