देवकोटाले २५ हजारभन्दा बढी शल्यक्रिया तथा १० लाखभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए। नेपालमा आधुनिक स्नायु शल्यचिकित्सक विधाको शुरूआत गर्ने श्रेय उनलाई नै जान्छ।
काठमाडौँ– वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा.डा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ।
बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल परिसरमा राखिएको प्रतिमाको प्रा.डा दिनेशनाथ गंगोल र पूर्वमन्त्री वाचस्पति देवकोटाले संयुक्त रूपमा अनावरण गरे।
२०१० पुस ४ मा गोरखाको पण्डित गाउँमा जन्मिएका देवकोटाको क्यान्सरका कारण २०७५ असार ४ गते निधन भएको थियो। ३४ वर्षको अवधिमा उनले २५ हजारभन्दा बढी शल्यक्रिया तथा १० लाखभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए।
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका देवकोटाले वीर अस्पतालमा न्युरो सर्जरी विभाग तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेका थिए। नेपालमा आधुनिक स्नायु शल्यचिकित्सक विधाको शुरूआत गर्ने श्रेय उनलाई नै जान्छ।
देवकोटाको स्मृतिमा स्थापित ‘उपेन्द्र देवकोटा फाउन्डेसन’द्वारा आयोजित सो कार्यक्रममा फाउन्डेसनका अध्यक्ष प्रा.डा मधु दीक्षित देवकोटाले नेपालमा स्नायु शल्यचिकित्सा विधाको विकास र विस्तारमा प्रा.डा उपेन्द्र देवकोटाको भूमिका अतुलनीय रहेको बताइन्।
स्नायु विज्ञानको उन्नयन एवं विकास तथा उपेन्द्र देवकोटाको योगदानलाई चीरकालसम्म परिचित गराउन गैरनाफामूलक संस्थाका रूपमा २०७९ फागुन १८ गते फाउन्डेसनको स्थापना भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
