दक्षिणी जर्मनीमा फेला परेको तरबार अझै चम्किलो रहेको अधिकारीहरूले बताएका छन्।
जर्मनीमा ३ हजार वर्ष पुरानो तरबार भेटिएको छ। दक्षिणी जर्मनीमा फेला परेको उक्त तरबार अझै चम्किलो रहेको अधिकारीहरूले बताएका छन्।
ऐतिहासिक स्मारकको संरक्षणका लागि बाभेरियन राज्य कार्यालय (बीएलएफडी) ले तरबार कांस्य युग (इसापूर्व १४औँ शताब्दीको अन्त्यतिर)को भएको दाबी गरेको गार्डियनले जनाएको छ।
“गत हप्ता न्युरेम्बर्गको बीचमा रहेको नोर्डलिंगेनमा चिहान उत्खननका क्रममा तरबार फेला परेको थियो,” बीएलएफडीले भनेको छ, “तरबार भेटिएको चिहानमा तीन व्यक्तिहरू (दुई पुरुष र एक महिला) गाडिएका थिए। ती तीनै जना एकअर्कासँग सम्बन्धित थिए वा थिएनन् स्पष्ट भएको छैन।”
बीएलएफडीका प्रमुख प्रोफेसर मथियास फिलले यसलाई दुर्लभ खोज भएका छन्।
“तरबार र कंकाल अझै पनि जाँच गर्न आवश्यक छ ताकि हाम्रा पुरातत्वविद्हरूले यो खोजलाई अझ सटीक रूपमा वर्गीकरण गर्न सकुन्। तर, हामी पहिले नै भन्न सक्छौँ कि यस्तो खोज धेरै दुर्लभ छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
