राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैंगिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिंग छनोट अन्त्यका लागि यस्तो निर्देशन दिएको हो।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भ्रूणको लिंग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिंग पहिचानसम्बन्धी कुनै कार्य नगर्न/नगराउन निर्देशन दिएका हुन्।
मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिंग पहिचान गरी कुनै कार्य गर्न र नगराउन नहुने, यदि सो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने परिपत्रमा उल्लेख छ। यस्तै उक्त कुरा स्वास्थ्य संस्था एवं प्रयोशागाला परिसरमा टाँस्न पनि भनिएको छ।
मन्त्रालयले राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैंगिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिंग छनोट अन्त्यका लागि यस्तो व्यवस्था गरेको जनाएको छ।
मुलुकी संहिता, २०७५ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिंग पहिचान गर्ने कार्यलाई कानूनतः दण्डनीय अपराध मानेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
